स्थापना दिवसमा आयोजित रक्तदानमा ५७ युनित रगत सङ्कलन
पाेखरा | फागुन २७, २०८०
पोखरा: पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत सङ्कलन भएको छ ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको संयोजनमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक एवं जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिए ।
यस अघि कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले रगतको अभावमा कुनै पनि नागरिकको ज्यान नगुमोस् र कुनै पनि स्वास्थ्य सम्बन्धी समस्याको कारण रगतको अभाव नबन्न पर्याप्त रगतको व्यवस्थापनमा यस प्रकार कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले रक्तदान कार्यक्रम मानवीय सेवाका दृष्टिकोणले अति आवश्यक र महत्त्वपूर्ण भएको बताए ।
स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू सहित जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

